लियोनल मेसी, नेयमार र केयलिन एमबापे सहभागी खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई रेनेसले हराएको छ।
गएराति सम्पन्न फ्रान्सेली लिग वानमा शीर्ष स्थानको पीएसजीलाई रेनसले १-० गोल अन्तरमा स्तब्ध पारेको हो।
यो सँगै पिएसजीले लिगमा दोस्रो हार व्यहोर्दा उपाधिको होड रोमाञ्चक मोडमा पुगेको छ। शीर्ष स्थानको पीएसजी र दोस्रोको लेन्सबीचको अन्तर अब तीन अंकमा छोटिएको छ।
पाँचौ स्थानमा रहेको रेनेसका लागि कप्तान हामरी ट्राओरले ६५ औं मिनेटमा निर्णायक गोल गरे।
खेलको ६९ औं मिनेटमा सब्स्टिच्युट केलियन एमबाप्पेले गोल गर्ने मौका गुमाए। एम्बाप्पेको उत्कृष्ट प्रहार बारमा लागेको थियो।
पूरा खेल अवधिमा पीएसजीले यो मात्रै रेनेसको पोस्टमाथि आक्रामण बुन्न सकेको थियो।
यो सँगै पीएसजीको १९ खेलबाट ४७ अंक छ भने लेन्सको समान खेलबाट ४४ अंक भएको छ। शनिबार अक्सरेलाई १-० ले हराउँदै लेन्सले १९ खेलबाट ४४ अंक जोडेको हो। मार्सेलो ४२ अंकसहित तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहेको मोनाकोको ३७ अंक छ। गोल अन्तरमा पछि परेको रेनेस समान अंक भए पनि पाँचौ स्थानमा छ।