कारबाहीपछि पहिलो खेलमा युभेन्टसले बराबरी खेल्दै १ अंक थपेको छ।
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले एटलान्टासँग ३-३ गोलको बराबरी खेलेको हो।
खेलाडी ट्रान्सफरमा अनियमितता गरेको भन्दै लिगमा १५ अंक काटिएको युभेन्टसले सुरूआती अग्रता जोगाउन नसक्दा एटलान्टासँग अंक बाँढ्न बाध्य भयो।
एडेमोला लुकम्यानले एटलान्टालाई सुरूआती अग्रता दिलाएका थिए। खेलको चौथो मिनेटमा बोगाको पासमा लुकम्यानले गोल गरेका थिए।
खेलको २५ औं मिनेटमा एन्जेल डि मारियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसको ८ मिनेटपछि अर्काडियस मिलिकको भलीमार्फत उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा युभेन्टसले २-१ को अग्रता बनायो।
तर एटलान्टाले दोस्रो हाफको शुरुवाती आठ मिनेट भित्र दुई गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्यो।
दोस्रो हाफको ४६ औं मिनेटमा जोकिम माहेलेले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। ५३ औं मिने६मा लुकम्यानले गोल गर्दै खेलमा एटलान्टालाई अग्रता दिलाए।
तर ड्यानिलोले ६५ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई पुन बराबरीमा ल्याए।
त्यसपछि दुबैटोलीले गोलका केही राम्रा अवसर पाए पनि दुबै टोलीले सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो।
बराबरीसँगै एटलान्टा एक स्थान माथि उक्लिएर पाँचौं स्थानमा उक्लिएको छ। यता १५ अंक कटौती भएर १० औं स्थानमा झरेको युभेन्टस नवौं स्थानमा उक्लिएको छ।