इंग्लिस प्रिमियर लिग क्लब एभर्टनलेले आफ्ना प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ।
लगातारको खराब नतिजापछि प्रशिक्षक लाम्पार्डलाई इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले बर्खास्त गरेको हो।
लाम्पार्डको गुडिसन पार्कमा एक वर्षभन्दा कम समयको बसाई रह्यो। गत शनिबार एभर्टनले वेष्टह्यामसँग २-० गोलको पराजय व्यहोरेपछि नै क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एभर्टनलाई रेलिगेसनबाट बचाउन क्लबले लाम्पार्टलाई अनुबन्ध गरेको थियो। तर उनको नेतृत्वमा एर्भटन असफल सावित भएपछि पछिल्लो पाँच वर्षमा क्लबले छैटौँ प्रशिक्षक राख्न लागेको हो।
४४ वर्षीया लाम्पार्डको जित अनुपात निराशाजनक छ। उनले आफ्नो ३८ लीग खेलबाट नौ खेल मात्र जितेका थिए। अर्थात २३.६८ प्रतिशत जित निकालेका थिए।
यो सिजको प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय व्यहोरेको छ।
पूर्व चेल्सीका मिडफिल्डर लाम्पार्डको टोलीले २० खेलबाट ३ जित ६ बराबरीसहित १५ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
बिबिसीका अनुसार क्लबले नयाँ प्रशिक्षकको खोजी गरिसकेको छ। लिड्सका पूर्व तथा अनुभवी प्रशिक्षक मार्सेलो बियल्सासँग पनि छलफल अगाडि बढाइसकेको छ।
लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए।