४३ खेलाडीलाई नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षणमा बोलाइएको छ।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका हुन्।
राष्ट्रिय महिला टोलीको बन्द शिविर मंगलबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुँदैछ।
यसअघि आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त थियो।
टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका थिए।
मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ।
खेल भारतमा फेब्रुअरी १३ देखि २५ सम्मको बीचमा हुनेछ।
प्रारम्भिक टोलीः अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्रा भण्डारी, दीपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, घिमकुमारी गुरुङ, गीता राना, हिमा चौधरी, हिराकुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटी, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बु, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ।