अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० महिला च्याम्पियनसिपका लागि बंगलादेश जाने यू–२० राष्ट्रिय महिला टोलीलाई बिदाइ गरेको छ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ कार्यक्रम भएको थियो।
कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्य पुरुषोत्तम थापा, पेमा डोल्मा लामा र सरिला श्रेष्ठ तथा महासचिव किरण राईको उपस्थिति रहेको थियो।
बिदाइ कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष खड्का र एन्फा महासचिव राईले टोलीलाई च्याम्पियनसिपको सफलताको शुभकामना व्यक्त गरेका थिए।
टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ।
नेपाली टोली
गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द