साफ यू-२० महिला च्याम्पियनसिप २०२३ मा नेपालले पहिलो जित हात पारेको छ।
बंगलादेशको राजधानी ढाकामा आइतबार भएको खेलमा नेपालले भुटानलाई ४-० गोल पराजित गर्यो। नेपालको जितमा अमिसा कार्कीले ह्याट्रिक गरिन्।
अमिसाले १९औं मिनेटमा पहिलो गोल गरिन्। यस्तै उनले पहिलो हाफको तेस्रो मिनेटमा अग्रता दोब्बर पारिन्।
कप्तान प्रिति राईले ६१औं नेपालका लागि तेस्रो गोल गरेकी थिइन्। ६३औं मिनेटमा अमिसाले ह्याट्रिक गर्दा नेपालको अग्रता ४-० गोलमा पुगेको थियो।
यसअघि पहिलो खेलमा नेपालले हार बेहोरेको थियो। नेपाललाई आयोजक बंगलादेशले ३-१ गोलले हराएको थियो।
अब नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा भारतसँग खेल्नेछ।