नेपाली मुलको अस्मिता आले मगर इंग्ल्यान्डको यू-२३ राष्ट्रिय महिला फुटबल टिममा परेकी छिन्।
आगामी फेब्रुअरी १६ मा स्पेनविरूद्ध खेल्ने यु २३ अन्तर्राष्ट्रिय खेलको लागि नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको टोलीमा परेकी हुन्।
यसअघि इंग्ल्यान्डको यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट व्यवसायीक फुटबल खेल्दै आएकी छन्।
डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन्। नेपालको तनहुँमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन्।
हेर्नुहोस् इङ्ल्याण्डको यु २३ महिला टोली
गोलकिपर: कायला रेन्डेल (साउथह्याम्पटन), लुसी थोमस (बर्मिंघम सिटी)
डिफेन्डर: अस्मिता आले (टोटनह्याम हटस्पर), तारा बोर्न (बर्मिंघम सिटी, म्यानचेस्टर युनाइटेडबाट लोनमा), जर्जिया ईटन-कोलिन्स (लेस्टर सिटी), जोरजा फक्स (ब्राइटन एण्ड होभ एल्बियन, चेल्सीबाट लोनमा), मिया रस (चार्लटन एथलेटिक), लुसी पार्कर (वेस्ट ह्याम युनाइटेड), अन्ना प्याटन (एस्टन भिल्ला, आर्सनलबाट लोनमा), पोपी प्याटिनसन (ब्राइटन एन्ड होभ एल्बियन), किरा स्किल्स (चार्लटन एथलेटिक)
मिडफिल्डर: लौरा ब्लाइन्डकिल्ड ब्राउन (एस्टन भिल्ला), मिसी बो केर्न्स (लिभरपुल), ग्रेस क्लिन्टन (ब्रिस्टल सिटी, म्यानचेस्टर युनाइटेडबाट लोनमा), मेल फिलिस (वेस्ट ह्याम युनाइटेड), रुबी ग्रान्ट (युनिभर्सिटी अफ नर्थ क्यारोलिना), रुबी मेस (युनिभर्सिटी अफ नर्थ क्यारोलिना) लेस्टर सिटी, म्यानचेस्टर सिटीबाट लोनमा), शार्लोट वार्डला (लुइस, चेल्सीबाट लोनमा)
फरवार्डहरू: एन्जेला एडिसन (चार्लटन एथलेटिक), एगी बिभर-जोन्स (चेल्सीबाट लोनमा एभर्टन), एलेनोर डेल (नेब्रास्का विश्वविद्यालय), मिसी गुडविन (लेस्टर सिटी), एम्मा ह्यारी (रिडिङ), मोली पाईक (लेस्टर)