इटालियन लिग ‘सिरी ए’ मा एसी मिलानले टोरिनोमाथि कठिन जित निकालेको छ।
मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो ।
योसँगै एसी मिलानको ७ खेल देखिको जितविहीन यात्रामा पूर्णविराम लागेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर ६२ औँ मिनेटमा ओलिभर जिरुडले गोल गर्दे टोलीलाई अग्रता दिलाए।
टोरिनोले पनि पुनरागमन गर्न नसक्दा जिरुडको गोल मिलानको जितमा निर्णायक बन्यो ।
गत जनवरी ४ मा सालेरिटानालाई २ - १ गोलले परातिज गरेयता मिलान जितविहीन थियो।
यो सँगै साविक विजेता मिलान २२ खेलबाट ४१ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग २ तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । ३० अंकका साथ टोरिनो सातौँ स्थानमा छ।