अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को विकास समितिको उपाध्यक्षमा मनोनित भएका छन्।
विकास समिति एएफसीको एउटा महत्त्वपूर्ण समिति हो।
जसले सदस्य संघ र क्षेत्रीय संघलाई लाई सहयोग गर्छ।
यसअघि अध्यक्ष नेम्वाङ एएफसी कार्यकारी सदस्य निर्वाचित भएका थिए।
उनी बहराइनमा सम्पन्न ३३औँ एएफसी कंग्रेसमा एएफसी कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका थिए।