नेपालले भारतलाई मैत्रीपूर्ण खेलमा २-२ गोलको बराबरीमा रोकेको छ। बुधबार चेन्नइमा भएको खेलमा नेपाल ९० मिनेटसम्म २-० गोलले पछि परेको थियोे।
सावित्रा भण्डारी साम्बाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दा नेपालले हार टारेको हो।
साम्बाले खेलको ९० मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएकी थिइन्।
उनले इन्जुरी टाइमको दोस्रो मिनेटमा अर्को गोल गर्न सफल भइन्।
त्यसअघि भारतका लागि सौम्यले ५६ मिनेटमा र इन्दुमतिले ६८ मिनेटमा गोल गरेका थिए।
अब नेपाल र भारतबीच शनिबार दोस्रो खेल हुनेछ।