बार्सिलोना र म्यानचेस्टर युनाइटेडले युरोपा लिगको राउन्ड अफ ३२ पहिलो लेगमा बराबरी खेलेका छन्। क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब युनाइटेडले गएराति २–२ गोलको बराबरी खेलेका हुन्।
बार्सिलोनाका मार्कोस अलन्सो र राफिन्हाले गोल गर्दा युनाइटेडका मार्कस रासफर्डले गोल गरे अर्को एक गोल उपहार पाएको थियो।
स्पोटिफाई क्याम्प नोउमा भएको रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५०औं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरूआती अग्रता दिलाए। तर, बार्सिलोनाको त्यो अग्रता दुई मिनेट पनि टिकेन ५२औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
५९ औं मिनेटमा जुल्ड कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता लियो।
एक गोलले पछि परेपछि बार्सिलोनाले ७६ औं मिनेटमा बराबरी गोल फर्कायो। राफिन्हाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
अब दोस्रो लेगको खेल २३ फेब्रुअरीमा युनाइटेडको मैदानमा हुनेछ। अवे गोलको अवधारणा हटेकाले जित हात पार्ने टोली नै प्रि–क्वाटरफाइनलमा पुग्नेछ।
च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएका टोली र युरोपा लिगको समूह चरणमा दोस्रो भएका टोलीले अन्तिम ३२ मा प्रतिस्पर्धा भइरहेको छ।