इंग्लिस प्रिमियर लिगमा आर्सनल फेरि शीर्ष स्थानमा फर्किएको छ। आर्सनलले ६ गोल भएको खेलमा एस्टन भिल्लामाथि ४-२ गोलको जित निकाल्यो।
आर्सनलका लागि साकाले १६ मिनेटमा बराबरी गोल फर्काएका थिए।
त्यसअघि खेलको पाँचौ मिनेटमा वाटकिन्सको गोलबाट भिल्लाले सुरुवाती अग्रता लिएको थियो।
३१ मिनेटमा काउटिन्होले अर्को गोल गरेपछि भिल्ला २-१ ले अघि रह्यो।
दोस्रो हाफमा आर्सनलका लागि जेन्चेन्कोले ६१ मिनेटमा बराबरी गोल फर्काए।
दोस्रो हाफको इन्जुरी टाइममा भिल्लाका गोलकिपर इमि मार्टिनेजले आत्मघाती गोल गर्दा मार्टिनेलीले आठौं मिनेटमा आर्सनलका लागि चौथो गोल गरे।
जितसँगै आर्सनलले २३ खेलबाट ५४ अंक जोड्यो। दोस्रो स्थानको म्यानचेस्टर सिटीको पनि ५१ अंक छ। अहिले सिटीले नटिघम फरेस्टसँग खेल्दैछ।