नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टिमले लगातार दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन्।
शनिबार चेन्नईमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
खेलमा भारतीय टिमले नेपालमाथि दबाब दिए पनि नेपालकी गोलकिपर एन्जिला सुब्बाले विफल पारेकी थिइन्।
यसअघि नेपाल र भारतबीच बुधबार भएको पहिलो मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको थियो।
खेलमा नेपालले दुई गोलले पछि पारेको स्थिति उल्टाएको थियो।
९० मिनेटसम्म २-० गोलले पछि परेको नेपालका लागि दुवै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन्।