इन्जुरी समयमा २ गोल गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ।
लिग अन्तर्गत गए राति भएको खेलमा घरेलु टोली एस्टोन भिल्लामाथि ४-२ को रोमाञ्चक जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।
भिल्ला पार्कमा आर्सनललाई जिताउन बुकायो साका, ओलेक्जेन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गरेका थिए अर्को गोल एस्टन भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले आत्मघाती गरेका थिए।
ओली वाट्किन्सले खेलको पाँचौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १-१ को बराबरीमा ल्याए। ३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टन भिल्लालाई पहिलो हाफमा २-१ ले अगाडि बढाए।
६१ औं मिनेटमा ओलेक्जेन्डर जिन्चेन्कोले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याएका थिए। इन्जुरी समयमा एस्टन भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा अग्रता लियो।
इन्जुरी समयमै गाब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनलले ४-२ को स्पष्ट जित दिलाए। यो जितसँगै आर्सनल २३ खेलमा ५४ अंक जोड्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो। पराजय ब्यहोरेको एन्टन भिल्ला समान खेलबाट २८ अंकका साथ ११ औं स्थानमा छ।
दोस्रो स्थानमा झरेको म्यान्चेष्टर सिटी २४ खेलबाट ५२ अंक जोडेको छ।