इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहमले जित हात पारेका छन्।
आइतबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई ३-० गोलले हरायो।
युनाइटेडका लागि रास्फोर्डले २५ र ५६ मिनेटमा गोल गर्दा सान्चोले ६१ मिनेटमा तेस्रो गोल गरेका थिए।
टोटेनहमले वेस्ट ह्यामलाई २-० गोलले हरायो। टोटेनहमका लागि इमर्सन रोयलले ५६ र सन मिनले ७२ मिनेटमा गोल गरे।
लिगमा युनाइटेड २४ खेलबाट ४९ अंक जोड्दै तेस्रो र टोटेनहम ४२ अंक जोडेर चौथो स्थानमा छन्।
शीर्ष स्थानको आर्सनलको २३ खेलबाट ५४ अंक भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५२ अंक छ।