स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। आइतबार रेलिगेसनबाट बच्न संघर्षरत काडिजमाथि २-० गोलको जित हात पार्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता कायम गरेको हो।
बार्सिलोनाका लागि रोबर्टोले ४३ मिनेट र लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे।
लेवान्डोस्कीको हेडमार्फत दिएको पासमा गोल गर्दै रोबर्टोले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि लेवान्डोस्कीले बक्सको छेउबाट उत्कृष्ट ड्राइभ गर्दै रोबर्टोको पासमा गोल गरेका थिए।
अक्टोबर २३ मा एथलेटिक बिल्बाओमाथि ४-० को जितपछि नोउ क्याम्पमा दुवै खेलाडीको यो पहिलो लिग गोल थियो।
पोल्याण्ड स्ट्राइकर लेवान्डोस्कीले १९ ला लिगा खेलमा १५ गोल गरेका छन्।
बार्सिलोनको प्रतिद्वन्द्वी रियल म्याड्रिडले शनिबार ओसासुनालाई २-० ले हराएको थियो।
लिगमा बार्सिलोना २२ खेलबाट ५९ अंक जोड्दै शीर्ष स्थानमा छ भने रियलको ५१ अंक छ।