'केपी ओली कप २०२३' राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरू भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। खेल हेर्नको लागि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली एन्फामा पुगेका छन्।
प्रतियोगिताको उद्घाटन ओलीले गरेका छन्।
फुटबल प्रतियोगिता १७ गतेसम्म चल्नेछ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको छ।
तस्बिरहरू: