इंग्लिस प्रिमियर लिगमा आर्नसलले लेस्टर सिटीलाई पराजित गरेको छ।
शनिबार भएको खेलमा लेस्टरमाथि आर्सनलले १-० गोलको जित हात पारेको हो।
आर्सनलका लगि मार्टिनेलीले खेलको ४६ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
यता म्यानचेस्टर सिटीले वर्नमाउथलाई ४-१ गोलले हरायो।
सिटीका लागि अल्भारेजले १५ मिनेटमा पहिलो गोल गरे। हाल्यान्डले २९ मिनेटमा अग्रता दोब्बर पार्दा फोडेनले ४५ मिनेटमा तेस्रो गोल गरे।
वर्नमाउथका मेफमले ५१ मिनेटमा आत्मघाती गोल गर्दा सिटीको अग्रता ४-० मा पुगेको थियो। ८३ मिनेटमा वर्नमाउथका लेर्माले गरेको गोल सान्त्वनामा सीमित बन्यो।
यता लिभरपुल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन्।
लिगमा आर्सनल २४ खेलबाट ५७ अंक जोड्दै शीर्ष स्थानमा छ। २५ खेलबाट ५५ अंक जोडेको सिटी दोस्रो स्थानमा छ। तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २४ खेलबाट ४९ अंक छ। लिभरपुल २३ खेलबाट ३६ अंकसहित सातौं स्थानमा छ।