स्पेनिस ला लिगा अन्तर्गत म्याड्रिड डर्बीको खेल १-१ गोलको बराबरीमा सकिएको छ। शनिबार रियल म्याड्रिड र एट्लेटको म्याड्रिडले बराबरी खेलेर अंक बाँडेका हुन्।
खेलको ६४ मिनेटमै एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो।
एट्लेटिकोका कोरिआलाई रेफ्रीले सिधा रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। एन्टोनियो रुडिगरलाई कुइनाले हानेपछि उनलाई रातो कार्ड देखाइएको थियो।
१० खेलाडी हुनुका बावजुद एट्लेटिकोले खेलको ७८ मिनेटमा जिमेनेजको गोलबाट अग्रता लियो।
तर रियलका अल्भारो रोद्रिगेजले ८५ मिनेटमा बराबरी गोल गर्दै टिमको हार टारे।
लिगको अंक तालिकाको दोस्रो स्थानको रियलको २३ खेलबाट ५२ अंक छ। शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५९ अंक छ। एट्लेटिको २३ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा छ।