महिला फुटबल टोलीका सदस्यको सफल शल्यक्रिया गरिएको छ ।
राष्ट्रिय महिला टोलीकी सदस्य गीता राना र यू–२० राष्ट्रिय महिला टोलीका सदस्य कुसुम खतिवडा र अञ्जली चन्दको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।
खतिवडा र चन्द २०२३ फेब्रुअरी ३ देखि ९ सम्म ढाकामा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा घाइते भएका थिए भने राना फेब्रुअरी १५ र १८ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएकी थिइन्।
रानाको देब्रे खुट्टामा मेनिस्कस च्यातिएको छ भने खतिवडाको मेनिस्कस टियर र एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) चोट लागेको छ। चन्दको दाहिने खुट्टामा एन्टरियर क्रुसिएट लिगामेन्ट (एसीएल) चोट लागेको थियो।
खतिवडा र चन्दको गत सोमबार शल्यक्रिया गरिएको थियो भने मंगलबार राणाको शल्यक्रिया गरिएको थियो।