स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना अल्मेरियासँग स्तब्ध भएको छ।
बार्सिलोना घरेलु टोली अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो।
बार्सिलोनालाई हराउन इएल विलाल टोउरेले निर्णायक गोल गरे। पावर हर्स स्टेडियम अल्मेरियामा आइतबार राति भएको खेलमा विलालले खेलको २४औं मिनेटमा लुइस सुआरेजको पासमा गोल गरेका हुन्।
त्यही अग्रता जोगाएको अल्मेरियाले शीर्ष स्थानको बार्सिलोनालाई स्तब्ध पारेको हो। एक गोलले पछि परेको बार्सिलोनाले ७२ प्रतिशत बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरे पनि अल्मेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा यो सिजन ला लिगामा दोस्रो हार भोग्नुपर्यो।
म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै बिहीबार युरोपा लिगबाट बाहिरिएपछि यो साता बार्साले दोस्रो हार व्यहोरेको हो। अल्मेरियासँगको हारले जाभीको टोलीको ला लिगामा लगातार सात खेलको जितको सिलसिलासमेत समाप्त भयो। यो हारसँगै यस हारसँगै बार्सिलोनाले शीर्षस्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ।
दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले शनिबार बराबरी खेलेपछि बार्साले आइतबारको जितले १० अंकको अग्रता बनाउने अवसर थियो। शीर्षस्थानमा रहेको बार्सिलोनाको २३ खेलबाट १९ जित, समान २ बराबरी र हारबाट ५९ अंक छ।
बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अघि छ। बार्सिलोनालाई हराएको अल्मेरिया २५ अंक जोडेर १५ औं स्थानमा छ ।