२३औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको आइतबार सम्पन्न खेलमा क्यामरुनको एभेनियर फुटबल क्लब विजयी भएको छ।
धरान–१६ स्थित रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लबलाई १–० को गोलअन्तरले हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश गरेको हो।
पहिलो हाफको १४औँ मिनेटमा कप्तान गिनीको पासमा साबा अलीले गरेको एक मात्र गोल क्यामरुनलाई जितका लागि निर्णायक बन्यो । बाँकी खेल अवधिभर दुवै टोली गोल गर्ने प्रयास भए तर सबै निरर्थक साबित भए।
बागमती युवा क्लबले पाएको आधा दर्जन अवसर गोलमा परिणत हुन सकेन।
खेलको ‘म्यान अफ दी म्याच’ बागमती युवा क्लबकै आयुष राना घोषित भए। उनले नगद १० हजार पुरस्कार पाउनुभएको छ । सोमबार झापाको केएफटिसी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ।