म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै प्रिमियर लिग क्लब सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
सिटीको जितमा फिल फोडेनले दुई तथा केभिन डि ब्रुएनाले एक गोल गरे।
गएराति खेलको सातौ मिनेटमै सिटीले गोल गर्दै घरेलु टोलीमाथि दवाव बढाएको थियो। फिल फोडेनले गोल गोल गर्दै सिटी सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १-० ले अघि रहेको सिटीले दोस्रो हाफको ७४औं मिनेटमा फोडेनको गोलबाट अग्रता दोब्बर पार्यो।
त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए।