नेपाल एपिएफ फुटबल क्लब राष्ट्रिय महिला लिग २०७८ को विजेता घोषित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) बैठकले एपिएफलाई विजेता घोषणा गरेको हो। एपिएफ शीर्ष स्थानमा थियो। नेपाल पुलिस क्लब दोस्रो र त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा थिए।
बैठकले विजेता एपिएफलाई सात लाख, दोस्रो हुने नेपाल पुलिस क्लबलाई पाँच लाख र त्रिभुवन आर्मी फुटबल क्लबलाई रु तीन लाख दिने निर्णय गरेको छ ।
चितवनको शारदानगर फुटबल मैदानमा पहिलो चरणको खेल सकिएपछि राष्ट्रिय महिला लिग २०७८ विभिन्न कारणले रोकिएको थियो।
बैठकले राष्ट्रिय महिला लिग २०७९ आयोजनाका लागि प्रस्ताव माग गर्ने निर्णय पनि गरेको छ।