नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बू आबद्ध पञ्जाब एफसी भारतको आइ-लिग च्याम्पियन भएको छ।
सिजनको उपाधि जित्ने क्रममा पञ्जावले शनिबार भएको खेलमा राजस्थान युनाइटेड एफसीलाई ४-० गोलले पराजित गर्यो।
पञ्जावले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा २१ खेलबाट ४९ अंक जोडेको छ। दोस्रो स्थानको डेकन एफसीको २० खेलबाट ४१ अंक छ।
गत सिजन किरणले पञ्जाबबाटै खेल्दा सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।
यता आइ-लिग च्याम्पियन बनेसँगै पञ्जाब इन्डियन सुपर लिगमा बढुवा भएको छ।