इंग्लिस प्रिमियर लिगमा सहज जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी छोट्याएको छ।
सिटीले गएराति न्युक्यासल युनाइटेडलाई २–० ले हराएको हो। सिटीको जितमा फिल फोडेन र बेर्नार्डो सिल्भाको गोल गरे।
खेलको १५ औं मिनेटमा फोडेनको गोलबाट सिटीले सुरूआती अग्रता लिएको थियो।
६७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको जित सहज बनाए।
यो जितपछि सिटी २६ खेलमा ५८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ। ४१ अंक बटुलेको न्युक्यासल पाँचौं स्थानमा छ।
शीर्षस्थानको आर्सनलले बोर्नमाउथमाथि संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा ५ अंकको अग्रता कायमै राखेको छ। समान खेलबाट आर्सनल ६३ अंक जोडेको छ।