९७ औं मिनेटमा रेइस नेल्सनले उत्कृष्ट गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथमाथि कठिन पुनरागमन जित निकालेको छ।
बोर्नेमाउथका फिलिप बिलिङले सुरूआती ९.११ सेकेण्डमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। उक्त अग्रता जोगाएको बोर्नेमाउथले पहिलो हाफमा १-० को अग्रता बनायो।
बिलिङको गोल प्रिमियर लिगको इतिहासमा दोस्रो सबैभन्दा छिटो गोल हो। यसअघि सन् २०१९ को अप्रिलमा वाटफोर्डमा भएको खेलमा ७.६९ सेकेन्डमै साउथह्याम्प्टनका लागि शेन लङ गोल गर्दै सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान बनाएका छन्।
दोस्रो हाफको ५७ औं मिनेटमा मार्को सेनेसीले हेडरबाट गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि खेलमा फर्किएको आर्सनलका लागि थोमस पार्टी र बेन ह्वाइटले गोल गर्दै बराबरीमा ल्याए।
खेलको ६२ औं मिनेटमा पार्टीले गोल गर्दै आर्सनललाई २-१ को स्थितिमा ल्याए। त्यसको ८ मिनेटपछि ह्वाइटले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
लगगभ बराबरीमा सकिन लागेको खेलको इन्जुरी समयमा नेल्सनले गोल गर्दै शीर्ष स्थानको आर्सनलाई महत्वपूर्ण तीन अंक दिलाए। नोभेम्बर १२ पछि पहिलो पटक खेल्दै गरेका विंगरले इन्जुरी समयको सातौं मिनेटमा २५ यार्ड टाढाबाट गोल गरेका थिए।
यो जितसँगै आर्सनलले प्रिमियर लिगको ५ अंकको अग्रता बनाएको छ। यता पराजित रेलिगेशन जोनको पुछारमा रहेको छ।