आगामी चैत ६ गतेबाट बंगलादेशमा आयोजना हुने साफ यू-१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेकी हुन्।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रूसको टोली समेत सहभागी हुँदैछ।
च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल चैत ६ गते भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग चैत ८ गते, तेस्रो खेल रूससँग चैत १२ गते र अन्तिम खेलमा बंगलादेशसँग चैत १४ गते खेल्नेछ।
सिंगल राउण्ड रोविनका आधारमा खेलाइने खेलमा लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ।
च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ।
नेपाली टोली
गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी
डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु
मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ,
फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार