सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले पहिलो जित निकालेको छ।
सुरुवाती दुई मध्ये एक खेलमा हार र खेलमा बराबरी रोकिएको थ्रीस्टारले तेस्रो खेलमा जित निकाल्ने क्रममा शुक्रबार नवप्रवेशी एफसी खुमलटारलाई पराजित गर्यो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टारले २-० गोलको जित निकालेको हो।
थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। दुवै गोल अजयी मार्टिन्सले गर्दै टिमको पहिलो जितमा नायक बने।
उनले खेलको ५४ मिनेटमा पहिलो गोल गर्दा ८३ मिनेटमा अग्रता दोब्बर पारेका थिए।
खेलमा थ्रीस्टारका पाँच प्रहार अनटार्गेट रहदा खुमलटारले तीन प्रहार पोस्टमा हाने पनि सफल हुन सकेन।
जारी लिगको पहिलो खेलमा जित निकालेको खुमलटार भने त्यसपछिका दुई खेलमा पराजित भएको छ।