उपाधि दौडमा रहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा संघर्षरत साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ।
१० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा साउथह्याम्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाड्न बाध्य भयो।
ओल्ड ट्राफोर्डमा गएराति भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलको ३४ औं मिनेटमै म्यान्चेष्टर युनाइटेड १० खेलाडीमा समेटियो।
कार्लोस अल्कारेजमाथि फउल गरेपछि रेफ्रीले सुरूवातमा पहेलो कार्ड देखाए पनि पछि भिएआरको सहायतामा कासिमिरोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
१० खेलाडीमा समेटिए पनि युनाइटेडले बल पोजिसन राख्दै साउथह्याम्टनमाथि दबाब दिएकाले खेल बराबरीमा टुंगियो।
यो बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ। उ चौथो स्थानको टोटेनहमसँग २ अंकले अघि छ। टोटेनहमले एक खेल बढी खेलेको छ।
युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ। पराजित साउथह्याम्टन २२ अंक जोडेर पुछारमा छ।