इटालियन क्लब इन्टर मिलान १२ वर्ष पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरीमा रोक्दै समग्रमा १–० को जित निकालेको इन्टर मिलान सन् २०११ पछि पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो।
पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुर्याउन पर्याप्त रह्यो।
यो सँगै अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ। रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ।
यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेका छन्।
क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ।