क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले हराउँदै साउदी प्रो लिग टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
मंगलबार राति भएको खेलमा अल नासरलाई जिताउन सामी अल नाजेइ, अब्दुल्लाह अल्खाईवारी र मोहम्मद मारानले गोल गरे। अभाका अब्देल फटाह एडामले एक गोल फर्काएका थिए। अब्दुलफत्ताह एडमले बेन्चबाट आएदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आभाका लागि सान्त्वना गोल गरेका हुन्।
एमआरसुल पार्क रियादमा गएराती भएको खेलको पहिलो मिनेटमा नै सामी अल नाजेईले गोल गर्दै अल नासरलाई सुरूआती अग्रता दिलाए। २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले गोल गर्दै अग्रा दोब्बर पारे।
पहिलो हाफमा २-० ले अघि रहेको अल नासरका लागि ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गर्दै सहज जिततर्फ अगाडि बढाए।
तर ६९औं मिनेटमा अब्देल फटाह एडामले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा अल नासर विजयी भयो।
यो सँगै अल नासरलाई सन् १९९० पछि पहिलो पटक किंगकपको उपाधि जित्ने मौकासमेत आएको छ।
खेलमा पोर्चुगिच स्टार रोनाल्डोले पुरै समय मैदानमा बिताए पनि गोल गर्न र असिस्ट प्रदान गर्न सकेनन्। उनले पहिलो हाफको इन्जुरी समयमा पहेँलो कार्डको सामना गर्नुपरेको थियो। रेफ्रीसँग अनावश्यक विवाद गरेपछि उनलाई कार्ड देखाइएको थियो।
यसै विन्टरमा अल नासर पुगेका रोनाल्डोले क्लबका लागि ९ खेलबाट ८ गोल र २ असिस्ट प्रदान गरिसकेका छन् ।
यो जितसँगै किङ्स कपको सेमिफाइनल समिकरण पूरा भएको छ। अब अल नासरले सेमिफाइनलमा अल वेहेदासँग आगामी अप्रिल २४ खेल्नेछ। अल इतिहादले अप्रिल २३ अल हिलालसँग पहिलो सेमिफाइनल खेल्नेछ।