सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबमाथि नेपाल एपिएफ क्लबले जित हात पारेको छ। सिजनमा आर्मीले पहिलो हार बेहोरेको हो।
बुधबार च्यासल मैदानमा भएको खेलमा आर्मीमाथि एपिएफले १-० गोलको जित निकालेको हो।
एपिएफको जितमा मणी लामा नायक सावित बने। उनले खेलको ३७ मिनेटमा गरेको गोलमा एपिएफले सिजनमा दोस्रो जित निकालेको हो।
जितसँगै ४ खेलबाट ७ अंक जोडेको एपिएफ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
यता सिजनमा पहिलो हार बेहोरेको आर्मी चार खेलबाट ५ अंक जोड्दै सातौं स्थानमा झरेको छ।