युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्ने भएको छ।
आज सार्वजनिक भएको ड्रअनुसार सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो पुरानो क्लब ६ पटकको विजेता बायर्न म्युनिखको सामना गर्न लागेका हुन्।
यता अर्को खेलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ भएको छ। बाँकी क्वार्टरफाइनलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगलको बेन्फिका तथा सिरी ए च्याम्पियन एसी मिलानले अर्को इटालियन क्लब नापोलीसँग खेल्नेछ।
यदि चेल्सी र म्यानचेस्टर सिटीले खेल जितेमा उनीहरू सेमिफाइनलमा भिड्नेछन्।
क्वार्टरफाइनलको पहिलो लेग ११-१२ अप्रिलमा हुनेछ भने दोस्रो लेगका खेलहरू १८-१९ अप्रिलमा हुनेछन्।
सेमिफाइनलको पहिलो लेग ९–१० मे र दोस्रो लेग १६–१७ मे हुनेछ ।
टर्कीको इस्तानबुलको ओलम्पिक रंगशालामा जुन १० मा फाइनल खेल हुनेछ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र
रियल म्याड्रिड विरुद्ध चेल्सी
इन्टर मिलान विरुद्ध बेन्फिका
म्यानचेस्टर सिटी विरुद्ध बायर्न म्युनिख
एसी मिलान विरुद्ध नापोली
च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र
एसी मिलान वा नापोली विरुद्ध बेन्फिका वा इन्टर मिलान
रियल म्याड्रिड वा चेल्सी विरुद्ध म्यानचेस्टर सिटी वा बायर्न म्युनिख
यस्तै युरोपा लिगको पनि अन्तिम आठको ड्र सार्वजनिक भएको छ। जसअनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियासँग खेल्नेछ।
युरोपा लिगको क्वाटरफाइनलको ड्र
म्यानचेस्टर युनाइटेड विरुद्ध सेभिया
युभेन्ट्स विरुद्ध स्पोर्टिङ लिस्बन
बायर लेभरकुसेनविरुद्ध युनियन सेन्ट गिलोइस
फेयेनुर्ड विरुद्ध रोमा