साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ को पहिलो खेलमै नेपाल पराजित भएको छ।
सोमबार भएको खेलमा नेपाललाई भारतले ४-१ गोलले पराजित गरेको हो।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।
नेपालले आफ्नो दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ।
यस्तै, तेस्रो खेलमा मार्च २६ मा रसियासँग खेल्ने नेपालले अन्तिम खेल २८ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ।