नेपाली राष्ट्रिय फुटबल टिमबाट चार जनाले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका छन्। प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत लाओसविरुद्धको खेलमा सनिस श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यू गरे।
यस्तै ७३ मिनेटमा नवीन लामाको स्थानमा मैदान छिर्दै मणीकुमार लामाले पनि राष्ट्रिय टिममा डेब्यू गर्ने मौका पाए।
फरवार्ड दिपकराज सिंह ठकुरीले ८३ मिनेटमा मैदान छिर्दै डेब्यू गरे। उनी नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा आयुष घलानको स्थानमा मैदान प्रवेश गरेका सुमित श्रेष्ठले पनि डेब्यू गर्न सफल भए।
चार खेलाडीले डेब्यू गरेको खेलमा नेपालले लाओसलाई २-० गोलले हरायो। नेपालका लागि अनन्त तामाङले ३० मिनेट र नवयुग श्रेष्ठले ५६ मिनेटमा गोल गरेका थिए।