साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपालले पहिलो जित हात पारेको छ।
नेपालले बुधबार भएको खेलमा भुटानलाई ५-० गोलले हरायो।
नेपालको जितमा वर्षा ओली र सेनु परियारले दुई दुई गोल गरे।
ओलीले १६ र ५० मिनेटमा गोल गरिन्। यस्तै दिपा रोकायाले ३० मिनेटमा गोल गर्दा परियारले ३४ र ५८ मिनेटमा गोल थपेकी थिइन्।
यसअघि नेपाल पहिलो खेलमा भारतसँग ४-१ गोलले पराजित भएको थियो।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।
तेस्रो खेलमा मार्च २६ मा रसियासँग खेल्ने नेपालले अन्तिम खेल २८ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ।