एएफसी यू-२० महिला एसियन कप उज्वेकिस्तान २०२४ को लागि दोस्रो राउन्ड छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ।
पहिलो चरणबाट दोस्रो चरणमा पुगेका आठ टिमको बिहीबार ड्र सार्वजनिक गरिएकव हो। जसमा समूह ‘बी’ मा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेई छन्।
समूह ‘ए’ मा अस्ट्रेलिया, भियतनाम, इरान र लेबनान छन्।
छनोट आगामी जुन ३-११ मा हुनेछ भने आयोजक राष्ट्र पछि तय गरिनेछ।
एएफसी यू-२० महिला एसियन कप उज्वेकिस्तान २०२४ मा आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। आगामी वर्षको मार्च ३ देखि १६ सम्म हुने प्रतियोगितामा चार टिम यसअघि नै छनोट भएका छन्।
जसमा आयोजक उज्वेकिस्तान, जापान, दक्षिण कोरिया र उत्तर कोरिया छन्। अब दोस्रो चरणबाट दुवै टिममा शीर्ष दुईदुई -टिम गरी चार यू-२० एसियन कपमा पुग्नेछन्।
समूह विभाजन
समूह ए: अस्ट्रेलिया, भियतनाम, इरान, लेबनान
समूह बी : चीन, म्यानमार, नेपाल, चाइनिज ताइपेई