ह्यारी केनले कीर्तिमान बनाएको खेलमा इंग्ल्यान्डले सन् १९६१ पछि इटालीलाई उसैको मैदानमा पराजित गरेको छ।
युरो २०२४ को छनोटअन्तर्गत समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले इटालीमाथि २-१ गोलको जित निकाल्यो।
इंग्ल्यान्डका लागि राइसले खेलको १३ मिनेटमा पहिलो गोल गरे। ४४ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे।
गोलसँगै केन इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बने। उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ५४ पुर्याएका छन्।
यसअघि उनले वाइन रुनीको नाममा रहेको ५३ गोलको कीर्तिमान बराबरी गरेका थिए।
इटालीका लागि ५६ मिनेटमा रेटेग्युले गोल फर्काएका थिए।
१० मिनेट बाँकी रहँदा लुक शले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा इंग्ल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो।