प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेको छ। शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा लाओसले भुटानलाई २-१ गोलले हरायो।
खेलको तेस्रो मिनेटमा बोउनकोङको गोलबाट लाओसले अग्रता लिएको थियो।
३४ मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए।
७१ मिनेटमा बोउनकोङले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम नेपालले लाओसमाथि २-० गोलको जित निकालेको थियो।
अब नेपाल र भुटानबीच चैत १४ गते साँझ ६ बजे खेल हुनेछ। नेपाललाई फाइनल पुग्न बराबरी भए पुग्छ। फाइनल चैत १७ गते हुनेछ।