फरवार्ड निकलस फुलक्रगले दुई गोल गरेपछि शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले पेरुलाई २-० ले पराजित गरेको छ।
युरो २०२४ को आयोजक जर्मनीले घरेलु मैदानमा अर्को वर्ष हुने युरोका लागि प्रतिस्पर्धी टोली पुनर्निर्माण गर्ने अभियान सुरु गरेको हो।
पेरुमाथि सहज जित निकाल्ने क्रममा निकलसले १२ र ३३ मिनेटमा गोल गरेका थिए।
विश्वकप २०२२ मा खराब प्रदर्शन गरेपछि पहिलो खेलमा जर्मनीले फुलक्रग र टिमो वर्नर गरी दुई स्ट्राइकर खेलाएको थियो।
जर्मनीले अर्को खेल मार्च २८ मा बेल्जियमसँग खेल्नेछ।