गोरखाको द ओसन क्लबको आयोजनामा चैत २७-३० गतेसम्म आठौं ओसन कप २०७९ यू-१३ राष्ट्रिय फुटबल प्रतियोगिता क्लबको कृत्रिम घाँसे मैदानमा हुँदैछ।
देशभरका १२ एकेडेमी टिमहरूको सहभागिता रहने प्रतियोगिता ४ दिनसम्म हुनेछ।
प्रतियोगितामा सहभागी टोलीमा द ओसन क्लब (गोरखा), द ओल्ड क्यापिटल मा वि (गोरखा), लक्ष्मी सामुदायिक शिक्षा सदन (गोरखा), काठमाडौं किकर्स (काठमाडौं), एबिसी एकेडेमी (काठमाडौं), समाज कल्याण खेलकुद केन्द्र (काठमाडौं), एफसी रियले (भक्तपुर), वालिङ युनाईटेड(स्याङजा), जन जागृति युवा क्लब(सिमरा), काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर(झापा),अल स्टार क्लब(तनहुँ) र नमस्ते देउराली( तनहुँ) रहेका छन्।
प्रतियोगितामा सहभागी टोलीहरूलाई खाना,खाजा र यातायात सुविधा आयोजकले व्यवस्था गरेको छ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेता टिमले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद बीस हजार प्राप्त गर्नेछ भने उपविजेता टोलिले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद दश हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था रहेको छ।