थ्रीस्टार क्लब छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गरेको थियो।
थ्रीस्टारका लागि खेलको ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन्।
खेलको एसपीए ‘म्यान अफ दी म्याच’ दिपेश नै घोषित भएका छन्।
थ्रीस्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ। खेल चैत १६ गते हुनेछ।
प्रतियोगिता अन्तरगत सोमबार मनाङ मर्स्याङ्दी क्लबले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउसो ३ः३० बजे सुरु हुनेछ।
प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।