प्रधानमन्त्री थ्री-नेसन्स कपअन्तर्गतको खेलको पहिलो हाफमा नेपालविरूद्ध भुटानले गोल गरेको छ।
काठमाडौंको दशरथ रंगशालामा मंगलबार साँझ ६ बजेदेखि सुरू भएको खेलमा नेपालविरूद्ध भुटानले पहिलो गोल गरेको हो।
१९औं मिनेटमा भुटानका खेलाडीले गोल गरेका हुन्। कर्नर बलमा हेडमार्फत तेन्जिङ नोर्बुले गोल गरेका हुन्। पहिलो हाफमा नेपालले कुनै गोल गरेको छैन।
यसअघि नेपालले लाओससँग खेलिसकेको छ। उक्त खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो।