प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटानसँग बराबरी खेलेसँगै नेपाल फाइनल पुगेको छ।
बुधबार काठमाडौंको दशरथ रंगशालामा भएको भुटानसँगको खेलमा नेपाल र भुटानले १-१ गोल गरेको हो।
योसँगै चार अंक जोडेर नेपाल यो कपको फाइनलमा पुगेको हो। चैत १७ गते नेपालले लाओससँग खेल्दैछ।
सुरूदेखि नै नेपालमाथि दबाब कायम गरेको भुटानले १९औं मिनेटमा गोल गरेको थियो।
कर्नर बलमा हेडमार्फत तेन्जिङ नोर्बुले गोल गरेका हुन्। पहिलो हाफमा नेपालले कुनै गोल गरेको थिएन। दोस्रो हाफमा आएर ९० औं मिनेटमा नेपालका लागि दिपकसिंह ठकुरीले गोल गरेका हुन्। उनले गोल गरेपछि भुटान यो कपबाट बाहिरिएको हो।
यसअघि नेपालले लाओससँग खेलिसकेको छ। उक्त खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो।
लाओसले पनि भुटानलाई २-१ले पराजित गरेको थियो।