इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ। शनिबार भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोलले हरायो।
खेलमा अग्रता भने लिभरपुलले लियो। लिभरपुलका लागि मोहमद सलाहले खेलको १७ मिनेटमा गोल गोल गरेका थिए। उनले जोटाले उपलब्ध गराएको पासमा गोल गर्न सफल भए।
२७ मिनेटमा सिटीका लागि अल्भारेजले बराबरी गोल गरे। उनले ज्याक ग्रेलिसको पासमा गोल गरे।
दोस्रो हाफ सुरु भएको एक मिनेटमै सिटीले अग्रता लियो। केभिन डि ब्रुएनले रियाज महारेजले उपलब्ध गराएको पासमा गोल गरेपछि सिटीले खेलमा २-१ गोलको अग्रता लियो।
५३ मिनेटमा गुन्डोआनको गोलसँगै सिटी ३-१ ले अघि बढे। ७४ मिनेटमा ग्रेलिसले डि ब्रुएनको पासमा अर्को गोल गरेसँगै सिटी सानदार जिततर्फ अघि बढेको थियो।
चोटका कारण सिटीका स्ट्राइकर हाल्यान्ड खेलमा अनुपस्थित थिए।
जितसँगै सिटीले अंक तालिकाको शीर्ष टिम आर्सनलसँगको अंक दूरी ५ अंकमा झारेको छ। शीर्ष स्थानको आर्सनलको २८ खेलबाट ६९ अंक भने दोस्रो स्थानको सिटीको ६४ अंक छ।