स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले १५ अंकको अग्रता लिएको छ।
शनिबार भएको खेलमा इल्चेलाई ४-० गोलले पराजित गर्दै बार्सिलोना उपाधितर्फ अघि बढेको हो।
बार्सिलोनाको जितमा लेवान्डोवस्कीले २० र ६६ मिनेटमा गरी दुई गोल गरे।
अन्सु फातीले ५६ मिनेट र फेरान टोरेशले ७० मिनेटमा गोल गरे।
जितसँगै बार्सिलोनाको २७ खेलबाट ७१ अंक भएको छ। दोस्रो स्थानको रियल म्याड्रिडको २६ खेलबाट ५६ अंक छ।
इल्चे भने अंक तालिकाको पुछारमा छ। उसको २७ खेलबाट १३ अंक छ।