इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आर्नसल थप बलियो बनेको छ।
लिगका अन्तिम ९ खेल बाँकी छदा आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ८ अंकको अग्रता लिएको छ। सिटीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ।
आर्सनलको २९ खेलबाट ७२ अंक छ भने दोस्रो स्थानको सिटीको २८ खेबलाट ६४ अंक छ।
लिगमा आर्सनलले अर्को आइतबार लिभरपुलसँग खेल्दैछ। आर्सनलले म्यानचेस्टर सिटी र चेल्सीसँग पनि खेल्न बाँकी छ।
सिटीले लिगमा बलिया मानिएका चेल्सी र आर्सनलसँग खेल्न बाँकी छ।
शनिबार दोस्रो स्थानको सिटीले लिभरपुललाई ४-१ गोलले हराएको केही घन्टापछि आर्नसलले लिड्स युनाइटेडलाई पनि ४-१ कै अन्तरमा पराजित गर्यो।
आर्सनलका लागि गाब्रियल जेससले ३५ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा ह्वाइटले आर्नसलको अग्रता दोब्बर पारे।
५५ मिनेटमा जेससले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। ७६ मिनेटमा लिड्सका क्रिस्टियनसनले गोल गरे।
८४ मिनेटमा जाकाले आर्सनलका लागि चौथो गोल गरेका थिए।
आर्सनलका लागि शनिबार जेससले अक्टोबर पछि आफ्नो पहिलो गोल गरे। यस्तै प्रशिक्षक अर्टेटाले सबै प्रतियोगितामा गरी आर्सनलमा सयौं जित निकाल्न सफल भए।