इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। म्यानचेस्टरलाई आइतबार भएको खेलमा न्युकासलले २-० गोलले हरायो।
न्युकासलका लागि वेलबेकले ६५ र विल्सनले ८८ मिनेटमा गोल गरे।
जितसँगै न्युकासलले युनाटेडलाई तेस्रो स्थानमा पछि पारेको छ।
तेस्रो स्थानको न्युकासलको २७ खेलबाट ५० अंक भएको छ। समान अंक जोडेको युनाइटेड चौथो स्थानमा झरेको छ।
लिगमा शीर्ष स्थानको आर्सनलको २९ खेलबाट ७२ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको २८ खेलबाट ६४ अंक छ।