स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ। आइतबार भएको खेलमा रियलले रियल भलडोलिडलाई ६-० गोलले हरायो।
खेलमा करिम बेन्जिमाले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको २९,३२ र ३६ मिनेटमा गोल गर्दै सात मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे।
रियलका लागि थप गोल रोद्रिगोले २२ मिनेट, एसेन्सियोले ७४ र भाज्क्युले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे।
जितसँगै अंक तालिकाकाो दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५९ अंक छ। शीर्ष स्थानको बार्सिलोनाको ७१ अंक छ।
अप्रिल १९९२ मा एस्प्यानियोलमाथि ७-० को जितमा फर्नान्डो हिएरोले ६ मिनेटमा तीन गोल गरेपछि यो ला लिगा खेलमा म्याड्रिडको सबैभन्दा छिटो ह्याट्रिक थियो।